अपहरण गरी ५० लाख फिरौती मागेको आरोपमा एक जना पक्राउ
अपहरण गरेर बन्धक बनाएको र ५० लाख रुपैयाँ फिरौती मागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
हुम्लामा ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प
हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार केशव तुलाधर सानो भर्याङबाट पक्राउ
२८ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । २७ असारमा कार्यालयको टोलीले काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका केशव तुलाधरलाई सानो भर्याङबाट पक्राउ गरेको हो । उनीमाथि ठगी तथा संगठित अपराध समेतको कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए ।
एमालेको सचिवालय बैठक असार ३० गते बस्ने
पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।
आर्थिक वर्ष २०८०/८१ को बजेट आज राष्ट्रियसभाबाट पारित हुने
सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज राष्ट्रियसभाबाट पारित हुने भएको छ।
प्रभु साह नेतृत्वको पार्टीले उदयचन्द्र प्रसादको नेतृत्वमा बुद्धिजीवी मोर्चा गठन
२७ असार, काठमाडौँ । आम जनता पार्टीले आम बुद्धिजीवी मोर्चा गठन गरेको छ । सो पार्टी निकट बुद्धिजीवीसहितको बैठकले उदयचन्द्र प्रसादको नेतृत्वमा बुद्धिजीवी मोर्चा गठन गरेको हो । सो पार्टीका अध्यक्ष प्रभु साहका अनुसार ६७ सदस्यीय मोर्चा गठन गरिएको हो । मोर्चाको सह इन्चार्जमा शिवचन्द्र साह, संयोजकहरूमा नवीन महतो, डा. दामोदर त्रिपाठी, डा. शम्भु दास र हशमुधिन अन्सारी रहेका छन् ।
ललिता निवास जग्गा प्रकरणमा समरजंग कम्पनीका सहलेखापाल चावहिल बाट पक्राउ
२७ असार, काठमाडौं । प्रहरीले ललिता निवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालिन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो । उनलाई काठमाडौंको चावहिल क्षेत्रबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का एसएसपी दिनेश आचार्यले जानकारी दिए । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सीआईबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।
थपिए ७ लाख ७१ हजार ९९८ जनसङख्या, जनगणनामा त्रुटि भएको पुष्टि
राष्ट्रिय जनगणना २०७८ का दौरान ७ लाख ७१ हजार ९९८ जना व्यक्तिको गणना छुटेको पुष्टि भएको छ ।
पशुपति आर्यघाटमा सीता दाहालको अन्तिम बिदाइ, प्रचण्डले दिए दागबत्ती
बुधबार बिहान निधन भएकी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो ।
सीता दाहालको शव आर्यघाट लगियो, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने
२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको शव पशुपति आर्यघाटमा लगिएको छ ।माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको दाहालको शव बुधबार दिउँसो साढे २ बजेपछि आर्यघाट लगिएको थियो ।दाहालको बुधबार बिहान ८ः३३ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो । बुधबार नै मन्त्रिपरिषद् बैठकले दाहालको राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।