आजदेखि पर्यटन क्षेत्रलक्षित सम्पदा घुम्ती बस सञ्चालनमा आउने
मंगलबारदेखि पर्यटन क्षेत्रलक्षित सम्पदा घुम्ती बस सञ्चालनमा आउने भएको छ।
नारायणगढ-मुग्लिन सडकमा सुक्खा पहिरो, दुईतर्फी सडक बन्द
नारायणगढ–मुग्लिन सडक खण्डमा सुक्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ ।
प्रहरीले बुझायो नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
डिजेलको भाउ घटेको छ दिन भइसक्दासमेत छोटो दुरीको गाडी भाडा घटाउन आलटाल
डिजेलको भाउ घटेको छ दिन भइसक्दासमेत सरकारले छोटो दुरीको गाडी भाडा घटाउन आलटाल गरेको छ ।
श्रमजीवी पत्रकारको न्यूनतम तलब ४० प्रतिशत बढाउन सिफारिस
न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ३४ हजार एक सय २५ रुपैयाँ बनाउन सरकारसमक्ष सिफारिस गरेको छ ।
बालेनको निर्देशनः लक्षित वर्गको निःशुल्क उपचार गर्नुस्
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपलब्ध गराएको सेवाको सूचना प्रत्येक महिनाको १० गतेभित्र टाँस्न अस्पतालहरूलाई निर्देशन दिएका छन्। आइतबार आफ्नै फेसबुक पेजमार्फत सूचना जारी गर्दै मेयर शाहले उक्त कार्य नगरेको पाइएमा काठमाडौँ महानगर पालिकाबाट नियमानुसार कारबाही हुने चेतावनी दिएका हुन् ।स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ ले विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैय्याको दस प्रतिशत छुट्याइ निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था लागू नभएको पाइएको उनको भनाइ छ ।मेयर शाहले अस्पतालहरूले प्रचलित कानुन–मापदण्ड अनुसार लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन, सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन पनि निर्देशन दिए ।स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने, अस्पतालभित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्ने जस्ता कार्यहरू सुधार गरी स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँचयोग्य बनाउन उनको निर्देशन छ ।
पूर्वीरुकुमको हुकाम गाउँ आसपासमा भूकम्पको धक्का
पूर्वीरुकुमको हुकाम गाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
गोरखाको एक स्वास्थ्य चौकीमा आगलागी
गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ७ स्थित बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएको छ ।
सडकमा बिस्कुन सुकाउन प्रतिबन्ध
दुर्घटनाको जोखिम बढेको भन्दै झापा गाउँपालिकाले सडकमा बिस्कुन सुकाउन प्रतिबन्ध लगाएको छ ।
कर्णाली, गण्डकी र बाग्मती प्रदेशका बिभिन्न भागमा चट्याङसहित वर्षा गराउने बादल विकसित हुँदै
कर्णाली, गण्डकी र बाग्मती प्रदेशका पहाडी भू–भागमा चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।