तलब नपाएपछि सातादिनदेखि विद्यालय बन्द गरेर सर्लाहीका शिक्षक धर्नामा
सर्लाही । सर्लाहीको हरिपुुर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिकाका शिक्षक तलव नपाएपछि धर्नामा बसेका छन् ।
कहाँ रोकियो भूकम्पपीडितलाई दिने अनुदान ?
सुर्खेत, जाजरकोट — भूकम्प गएको झन्डै एक महिना पुग्न लाग्दासमेत पीडितको तथ्यांक संकलन नसकिँदा सरकारीस्तरबाट अस्थायी टहरा निर्माणको काममा अलमल भएको छ ।
कोशीबाट साढे २ अर्बको चिया र सवा अर्बको अलैंची निर्यात
झापा । कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैंची, अदुवा र अम्रिसो निर्यातमा वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०र८१ को त्रैमासिक अवधिमा रु २ अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको ४ हजार ३३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ ।
धनुषामा परालले छोपेको अवस्थामा महिलाको शव भेटियो
मंसिर, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका-४ भडरियास्थित आँप बगैंचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ ।
सेनाका उच्च अधिकारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी
नेपाली सेनाका उच्च अधिकारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
संसदीय समितिमा विचाराधीन रहेका विधेयक अघि बढाउन सभामुखको सक्रियता
संसदीय समितिहरूलाई कानुन निर्माणका क्रममा भएका सहजता र असहजताका विषयमा सभामुख देवराज घिमिरेले समिति सभापतिसँग छलफल गरेका छन्।
कोप-२८ जलवायु शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेन सहभागी नहुने
काठमाडौं । अमेरिकी नेतृत्वलाई उजागर गर्ने अपेक्षामा वार्तामा भाग लिएको दुई वर्षपछि दुबईमा हुने पछिल्लो संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन अमेरिकी राष्ट्रपति जो बाइडेनले गुमाउने एक अमेरिकी अधिकारीले आइतबार बताएका छन् ।
११ लाख बालबालिकाको विवरण चोरेको भन्दै फेसबुकविरुद्ध अदालतमा उजुरी
काठमाडौं । फेसबुक सञ्चालक संस्था मेटा इन्कमाथि अभिभावकको स्वीकृतिबिना १३ वर्षमुनिका ११ लाख बालबालिकाको तथ्याङ्क संकलन गरेको आरोप लागेको छ ।
बबरमहलमा पैदलयात्रु आफैंले ट्राफिक लाइट बालेर बाटो काट्न सक्ने
काठमाडौं । काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि प्रयोगमा आउँदै छ । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आज बिहान १० बजेदेखि सञ्चालनमा ल्याइँदै छ ।
भूकम्प पीडित चिसोले मरिरहेका छन्, सरकार दुर्गा प्रसाईंसँग भिडिरहेको छ
काठमाडौं । गत १७ असोजको मध्यरात गएको भूकम्पबाट जोगिएपनि बोरकोट गाउँपालिका–६, जाजरकोटका वीरबहादुर कामी चिसोबाट बच्न सकेनन् । ६६ वर्षीय वीरबहादुरको चिसोकै कारण २६ कात्तिकमा मृत्यु भयो ।