रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट, श्रेष्ठ र शाह निलम्बित
काठमाडौँ । शुक्रवार बिहानै रामेछापको मन्थली विमानस्थलमा दुई पाइलटबिच कुटाकुटको भएको समाचार बाहिरिएको छ । काठमाडौँ–लुक्ला ट्रान्जिटको रूपमा रहेको मन्थली विमानस्थलमा बिहान तारा एयरका दुई पाइलट सञ्जीव श्रेष्ठ र सन्तोष शाहबीच कुटाकुटको स्थिति बनेको हो ।
ओमानसँग ५ रनले पराजित भएपछि नेपाल समूह उपविजेता
काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपाल समूह उपविजेता बनेको छ । नेपालले सेमिफाइनल युएईसँग खेल्ने छ ।
सांसद ज्ञवालीले गरीन दुर्गा प्रसाईलाई कारबाहीको माग
काठमाडौँ । नेकपा एमालेकी सांसद शोभा ज्ञवालीले प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीको आलोचना गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारबाही गर्न माग गरेकी छिन् ।
विश्वकपमा छनौट भए नेपाली क्रिकेट टोलीलाई १५ लाख दिने घोषणा
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आईसीसी टी–२० विश्वकपमा छनौट भएमा नेपाली क्रिकेट टोलीलाई १५ लाख पुरस्कार दिने भएको छ ।
संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस
काठमाडौं । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
रिगलविरुद्धको रिटमाथि आज निर्णय आउने
काठमाडौं । राष्ट्रपतिबाट कैद मिनाहा पाएका रिगल भनिने योगराज ढकालको कैद माफी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा सुनुवाइ सकिएको छ । कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासले आज निर्णय सुनाउनेछ ।
जबालिया शरणार्थी शिविरमा इजरायली लडाकु विमानको आक्रमण जारी
तेल अबिब । इजरायली लडाकु विमानले गाजाको जबालिया शरणार्थी शिविरमा हवाई आक्रमण जारी राखेका छन् ।
बाराका प्रधानाध्यापक हत्याका ५ आरोपी सार्वजनिक, पूर्वप्रेमिका मुख्य योजनाकार
काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–६ स्थित एक निजी विद्यालयका प्रधानाध्यापक गुड्डु भनिने रुपेश स्वर्णकारको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
एमालेको चियापान स् रविदेखि विप्लवसम्म एउटै राउण्ड टेबलमा
काठमाडौं । नेकपा एमालेले दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा बुधबार चियापान कार्यक्रम आयोजना गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा प्रमुख दलका नेताहरू समेत सहभागी भएका छन् ।
रिगलको कैद मिनाहा मुद्दामा सर्वोच्चले भोलि निर्णय सुनाउने
काठमाडौं । संविधान दिवशमा कैद सजाय मिनाहा पाएका रिगल ढकालको मुद्दामा सर्वोच्च अदालतले बिहीबार निर्णय सुनाउने भएको छ ।