काठमाडौंको गोठाटारमा चल्यो गोली, भारतीय नागरिकसहित दुई जना पक्राउ
काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले २०० ग्राम ब्राउनसुगर र हतियारसहित एक नेपाली र एक भारतीय नागरिकलाई गोलि हानेर नियन्त्रणमा लिएको हो।
नेकपा एमालेको चियापान सुरु
काठमाडौं । नेकपा एमालेको चियापान सुरु भएको छ। पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले चियापानको सुरुवात गरेका हुन्।
अर्थमन्त्री महत र बेलायतकी परराष्ट्र राज्यमन्त्री आनमेरी बीच भेटवार्ता, लगानी भित्र्याउने विषयमा छलफल
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत) की परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच लण्डनस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ ।
घट्यो सुनको मुल्य, कतिमाहुदैँछ कारोबार ?
काठमाडौँ । नेपालीबजारमा सुनको मूल्यलगातार तेस्रो दिनपनिओरालो लागेको छ। नेपाल सुनचाँदीमहासंघकाअनुसार छापावाल सुन तोलामा १ हजार रुपैयाँले घटेरप्रतितोला१ लाख १५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँकायमरहेको छ ।
अविनाशको उत्कृष्ट बलिङले फरक पर्यो : शरद भेषावाकर
काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत अहिले नेपाल र मलेसियाबीचको खेल भइरहेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १६६ रन बनाएको छ ।
एनआरएनए कार्यालयमा तनाव, आरके शर्मासहितका अभियन्ताहरुमाथि हातपात
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मासहितका अभियन्ताहरुमाथि हातपात भएको छ । संघको बालुवाटारस्थित कार्यालयमै शर्मालगायतमाथि हातपात र अभद्र व्यवहार भएको हो ।
परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौं । अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एन पी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
राष्ट्रियसभा बैठक बस्दै
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज अपराह्न पौने पाँच बजे सुरु हुनेछ ।
बारामा प्रिन्सिपल हत्या प्रकरणमा पूर्व शिक्षिकासहित ६ जना पक्राउ
जनकपुरधाम । बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ ।
अन्नपूर्ण आधार शिविर पुगेर पोखरा फर्किए गुटेरेस
पोखरा । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेर जलवायु परिवर्तनबारे भिडियो सन्देश रेकर्ड गराएका छन् ।