यू–१९ प्रिमियर कप : नेपालले टस जितेर ब्याटिङ थाल्यो
काठमाडौं । यू–१९ प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । मलेसियाको बायोमास ओभलमा भइरहेको खेलमा अर्जुन कुमाल र दिपक बोहोरा ओपनिङ जोडी छन् ।
आज विजया दशमी, मान्यजनबाट टीका र जमरा लगाइँदै
काठमाडौं । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
टीकाको दिन काठमाडौं उपत्यकामा प्रहरीले निःशुल्क बस सञ्चालन गर्ने
टीकाको दिन काठमाडौं उपत्यकामा प्रहरीले निःशुल्क बस सञ्चालन गर्ने
झलनाथले दसैँमा नेता कार्यकर्ताहरूलाई टीका लगाइदिने
काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले यसपटक काठमाडौँमा नै दसैँ मनाउने भएका छन् । खनालले डल्लुस्थित आफ्नो निवासमा दसैँको टीका लगाउने भएका हुन् ।
पाल्पामा जीप दुर्घटना, ८ घाइते, २ को अवस्था गम्भीर
पाल्पा । पाल्पामा सोमबार दिउँसो जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। गुल्मीदेखि बुटवलतर्फ जाँदै गरेको लु १ ज ४१६५ नम्बरको जीप सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन नगरपालिका-७ लामडाँडामा दिउँसो करिब २ बजे दुर्घटना भएको ट्राफिक कार्यालय पाल्पाका प्रमुख राजकुमार चापागाईंले बताए। घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला घाइते भएका छन्।
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ डिस्चार्ज
काठमाडौं । चीन भ्रमणका क्रममा हृदयघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘डिस्चार्ज’ भएका छन् ।
यूएईमाथि नेपालको ५ विकेटको जित
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ । यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो ।
इजरायल र प्यालेस्टाइनबीचको युद्ध रोक्ने प्रयासमा इजिप्टमा शान्ति सम्मेलन,गाजामा पहिलो खेप राहत सामग्री पुर्याइयो
काठमाडौं । इजरायल र प्यालेस्टाइनबीचको लडाइँबाट अति प्रभावित गाजा क्षेत्रमा पहिलो खेप राहत सामग्री पुर्याइएको छ । इजिप्टसँग जोडिएको सीमा नाका रफाहबाट २० ट्रक राहत सामग्री शनिबार गाजामा पुर्याइएको हो ।
भुकम्प अपडेट : धादिङ केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । धादिङ केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए।
काठमाडौं तथा आसपासमा भूकम्प
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । धक्काले दशैंको रमझममा रहेकाहरुलाई झस्काएको छ ।