हरि पोखरेलको उन्मुक्ति लिने दाऊ, उच्च अदालतमा पिडितका पक्षमा धर्ना र नारावाजी
काठमाडौं – जबरजस्ती करणी अभियोगमा पक्राउ परि कारागार चलान भएका हरि कुमार पोखरेललाई उन्मुक्ति दिने आशंकामा पीडितहरु धर्नामा बसेका छन् । जिल्ला अदालत काठमाडौंको आदेशका आधारमा कारागार चलान भएका पोखरेलले पनरावेदनका लागि उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । आज उनको मुद्दा उच्च अदालतका न्यायाधीश राजेश खरेल र रमेशराज पोखरेलको ईजलाशमा परेको छ । २ नम्बरमा पालो रहेको यो मुद्दामा मिलेमतो हुनसक्ने आशंका बढेको भन्दै उनीहरु उच्च अदालत पाटनमा धर्नामा बसेका हुन् ।गत भदौ ८ गते जिल्ला अदालत काठमाडौंले पोखरेललाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो भने मिलापत्र गर्न दबाव दिनेहरुलाई जनही ३ लाख रुपैयाँ धरौटी माग भएको थियो । विगत एक वर्षदेखि उनको घरमा कामदारको रुपमा कार्यरत परिवर्तित नाम (२६) परिसर (४) माथि पोखरेलले पटक पटक बलात्कार प्रयास गरेका थिए ।गत असार ८ गते भने पीडित युवतीले भिडियो रेकर्ड गर्न सफल भएकी थिइन् । शक्तिशाली व्यक्तिका आफन्त समेत रहेका पोखरेल विरुद्ध जाहेरी लिन प्रहरीले समेत आनाकानी गर्दै आएको थियो । तर, पीडितले सामाजिक सञ्जालमा आफूले न्याय नपाएको बताएपछि अस्पतालमा उपचारको नाटक गर्न पुगेका पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो ।उनलाई विभिन्न प्रलोभन र धम्की दिने दुई जनालाई भने जिल्ला अदालत काठमाडौंले तीन तीन लाख धरौटी माग गरेको छ । यसरी धरौटी माग भएकाहरुमा रन्जित कुमार जैसवाल र रामजी भन्ने चेतन न्यौपाने रहेका छन् । त्यस्तै अधिवक्ता भोजराज रेग्मी र काभ्रे घर भएका गुण्डा नाइके एमान तामाङ फरार सुचीमा थिए । तामाङ्गले धरौटी बुझाएको खबर छ ।
एमसीसीको प्रसारणलाइनका सबै ठेक्का रद्द
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गतको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएका छन् । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले शुक्रवार एक सूचना गरी गर्दै यी सबै ठेक्का रद्द भएको जानकारी दिएको हो ।
कोशीमा टुटेको गठबन्धन, केन्द्रमा ल्यायो तरंग
यो अप्राकृतिक गठजोड नै हो, कालन्तरमा कम्युनिष्ट एकठाउँ र प्रजातान्त्रिक गठबन्धन अर्को ठाउँ हुने निश्चित छ
गोकर्णेश्वरमा लुटेरालाई प्रहरीले गोलि हानी पक्राउ
को हुन् लुटेरा समुह ?
इजरायलबाट नेपाली विद्यार्थी ल्याउने विमान राति सवा ९ बजे आइपुग्ने
काठमाडौं । इजरायलमा नेपाली विद्यार्थी लिन गएको जहाज बिहीबार राति सवा ९ बजे काठमाडौं आइपुग्ने भएको छ ।
इजरायलमा रहेका २०० बढीले घर फर्किन टिपाए नाम
काठमाडौं । इजरायलमा रहेका २०० भन्दा बढी नेपालीले घर फर्किन नाम टिपाएका छन् ।
सिक्किम बाढीपहिरोपछि १० नेपाली सम्पर्कविहीन
विराटनगर । रोजगारीका लागि सिक्किम पुगेका इलामका १० नेपाली सम्पर्कविहीन भएका छन् ।
इजरायलमा मारिएका नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शोकको घोषणा
काठमाडौं । इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।
ईजरायल – हमासले गरेको आक्रमणमा १० बढी नेपालीको मृत्यु
ईजरायल – हमासले गरेको आक्रमणमा १० बढी नेपालीको मृत्यु भएको खबरले आज देश रोईरहेको छ, विदेशिनु पर्ने नेपालीको बाध्यताका कारण आज रोजगारीकै लागी गएका नेपालीहरुले मृत्यु रोजन परेको छ, तर नेताहरु सुध्रिने छाँटकाँट छैन, किन जुन सरकार आएपनि नागरिक प्रति यति गैर जिम्मेवार बन्छ ? यो दुखद विषय हो, प्यालेस्टाईनको हमास समूहले ईजराईलमा हमला गरेको छ, आक्रमणकारीहरुले रकेट बम, लन्चर हान्दै शहरभित्र छिरेका छन् ईजराईल बस्ने नेपालीहरु विशेषगरि नयाँ नेपालीहरु बढी चिन्तीत भएको खबर आएको छ । ईजरायलमा रहेका नेपालीहरुको अबस्था बारे हामीले फेसबुक मार्फत बुझिरहेका छौं, र अपडेट गरिरहेका छौं, सरकार र परराष्ट्र मन्त्रालयले यसमा तुरुन्तै पहल लिनुपर्छ, आफना जनताको अबस्था के कस्तो छ, बुझेर अपडेट लिने र सरकार छ भनने अनुभुति दिलाउन पर्दछ, यो पटक भने, आक्रमणकारी सुमुन्द्र, स्थलमार्ग दुबैतिरबाट ईजराईल प्रबेश गरेका छन्, त्यसकारण अब के हुन्छ, स्थीति भन्न गाह्रो छ । यद्यपी हामी सँग संवादमा रहेका नेपालीहरु सिमा श्रेष्ठ र सुनिता गुरुङ्गले अहिलेसम्म नेपालीहरु बसेका ठाउँमा त्यस्तो कुनै अप्रिय क्षति नभईसकेको कुरा बताईरहनुभएको छ । जेरुसेलम र तेलअभी क्षेत्रलाई लक्षित गरेर पसेका आतंकवादीहरुले अन्धाधुन्ध गोली चलाईरहेका छन् । जब १० सेकेण्डको साईरन बज्छ, त्यसपछि तुरुन्तै बंकर र सुरक्षित ठाउँमा पस्नपर्ने हुन्छ भन्दै हामी सँग एकजना नेपालीले बताउनु भएको छ । तेलबीमा खसेको रकेट घरभित्र छिरेपछि त्यहाँको क्षेत्र अहिले बढी आतंकित भएको छ, सबै नेपालीहरु सुरक्षित रहनुस पशुपतिनाथ सँग हाम्रो प्रथना छ, र यहि कामना छ, रोजगारीका लागी जिबन चलाउनका लागी बिदेशिनु परेको समस्या त छदैछ, तर आफुलाई हरेक प्रहरमा सुरक्षित पूर्वक चलाउन हामी अनुरोध गर्दछौं, बिएमएन न्युज हरेक जनताको आवज बोलिरहने छ, देश तथा विदेशमा हुने सबै नेपालीहरुको साथ सल्लाहा र सुझाब सदैव यसरी नै पाईराखौं । हामी निरन्तर अपडेटमा छौं ।
झलनाथ खनाल प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार, पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा
काठमाडौं - झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मधेस प्रदेशका पूर्वअर्थमन्त्री विजयकुमारसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।