नेपाल-चीन शैक्षिक प्रदर्शनी आयोजना हुँदै
काठमाडौँ । नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले नेपालमा एक दिने शैक्षिक प्रदर्शनी आयोजना गर्ने भएको छ । प्रदर्शनीको असार ४ गते मंगलबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।नेपालस्थित चिनियाँ राजदूतावाससँगको सहकार्यमा बौद्धस्थित होटल हायातमा प्रदर्शनीको आयोजना हुनेछ । यसमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।यस शैक्षिक प्रदर्शनीमा इन्जिनियरिङ, चिकित्साशास्त्र, भाषा, संस्कृति, वाणिज्य, विज्ञान तथा प्रविधि, उड्डयन, खेलकुद, कृषि, औषधिजस्ता विषय अध्यापन गराउने सामान्य तथा विश्व प्रसिद्ध ३१ वटा चिनियाँ विश्वविद्यालय तथा कलेजहरूले भाग लिने छन् । ती प्रत्येक स्टलहरूमा नेपाली विद्यार्थी र तिनका अभिभावकहरूलाई विस्तृत रूपमा चीनमा अध्ययन गर्दा हुने फाइदा, विश्व विद्यालयले उपलब्ध गराउने छात्रवृत्ति लगायतका विभिन्न विषयहरूमा विज्ञहरूले जानकारी दिनेछन् ।पछिल्लो जानकारीअनुसार चीनमा १६० वटा देशका ५ लाख विद्यार्थीहरू विभिन्न विषयमा अध्ययनरत छन् । प्रत्येक वर्ष चीन सरकारले नेपाल सरकारलाई विभिन्न विषयमा २०० वटा भन्दा बढी छात्रवृत्ति प्रदान गर्दै आएको छ ।पछिल्ला दिनमा सरकारी छात्रवृत्ति विद्यार्थी बाहेक सेल्फ फाइनान्सका विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ४७ करोडको कारोबार
काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से १७.०४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक ०.८० प्रतिशतले घट्दै २ हजार ९५.२५ विन्दुमा झरेको हो ।
डिजिटल सुधारका लागि मनकामना केबुलकार ५० दिन बन्द हुने
काठमाडौँ । नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ । केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।
एमालेको २ दिने महिला भेला सम्पन्न
काठमाडौँ । २१ बुँदे प्रस्ताव पारित गर्दै नेकपा (एमाले) को दुई दिने राष्ट्रिय महिला भेला सम्पन्न भएको छ । भेलाले ‘म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसाको प्रतिकार गर्छु’ भन्ने नीतिको प्रभावकारी कार्यान्वयनमा अगुवाइको लागि पार्टी नेतृत्वसँग माग गरेको छ ।
काभ्रेका थर्कमान लामा ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ
काठमाडौं । ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ परेका छन् ।
अत्याधिक गर्मीका कारण वीरेन्द्रनगरका विद्यालय एक हप्ता बन्द
सुर्खेत । अत्यधिक गर्मी भएपछि वीरेन्द्रनगर भित्रका विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् ।
रुसी राष्ट्रपति पुटिनको घरमा रहस्यमय आगलागी
काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको घरमा रहस्यमय रूपमा आगलागी भएको छ । साइबेरियाको अल्टाइ माउन्टेनमा रहेको उनको सो घरमा कसरी आगो लाग्यो भन्ने प्रस्ट भइसकेको छैन ।
कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ
काठमाडौं । कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।
राष्ट्रपति पौडेल स्वीटजरल्याण्ड र जर्मनी भ्रमणमा जाने
राष्ट्रपति पौडेल स्वीटजरल्याण्ड र जर्मनी भ्रमणमा जाने
सन्दीप लामिछानेलाई दोस्रो पटक पनि अमेरिकाले दिएन भिसा
काठमाडौं । अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।