सुनको मुल्य आज सम्मकै उच्च,कतिमा हुदैछ कारोबार
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा थप वृद्धि भएको छ । अघिल्लो साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको कारोबारको सुरुको दिन बढेर १ लाख ४० हजार ९०० रुपैयाँ पुगेको हो।
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल
काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार हिंसात्मक आक्रमण भएपछि त्यहाँको सरकारले बाहिर ननिस्किने अपिल गरेको हो ।
खैरो हेरोइनसहित मोरङबाट युवक पक्राउ
काठमाडौँ । मोरङको विराटनगरबाट प्रहरीले खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ ।
प्रतिनिधिसभा बैठक आईतबार बस्ने गरी स्थगित
काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेसले समय मागेपछि दिउँसो २ बजेका लागि बोलाइएको थियो ।
अमेरिकामा आँधीका कारण चार जनाको मृत्य
टेक्सास । अमेरिकाको टेक्सस र लुइजियानामा बिहीबार अबेर रात र शुक्रवार बिहान आएको विध्वंसकारी आँधी र मुसलधारे वर्षाका कारण कम्तीमा ४ जनाको मृत्यु भएको छ ।
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले १६ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका छन् ।
प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित
काठमाडौँ । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सारिएको छ ।
सिटीका गोलकिपर एडरसनले एफए कप फाइनल र लिगको अन्तिम खेल गुमाउने
काठमाडौं । म्यानचेष्टर सिटीका गोलकिपर एडरसनले प्रिमियर लिगको अन्तिम खेल र एएफए कपको फाइनल खेल गुमाउने भएका छन् । उनले आँखाको सकेट फ्रयाक्चर भएकोले दुई महत्वपूर्ण खेल गुमाउने भएका हुन् ।
सुर्खेतमा गिरी लक्षित गोली प्रहार प्रकरणमा थप एकजना पक्राउ
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका तरुण दलका नेता ३७ वर्षीय विनोद गिरी लक्षित गोली प्रहारको घटनामा संलग्न भएको आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतकै ३३ वर्षीय सन्तोष गिरी छन् ।
मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि थाले छलफल
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने विषयमा छलफल थालेका छन् ।