३९ लाख भ्रष्टाचारमा एक स्थानीय तहका, ९ जनाविरुद्ध मुद्दा
काठमाडौँ । एक स्थानीय तहमा ५२० मिटर सडक खनेर भ्रष्टाचार गरेको पाइएको छ । कालीकोटको महावै गाउँपालिकास्थित सिमखेतदेखि ओदा जाने सडक निर्माणमा झण्डै साढे ३९ लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियारले ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
पोखराबाट अटोमेटिक पेस्तोलसहित एक युवा पक्राउ
काठमाडौं । पोखराबाट अटोमेटिक पेस्तालसहित डाँका चोरी तथा लागु औषध मुद्दाका एक अभियुक्त पक्राउ परेका छन् ।
मकवानपुरमा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु
हेटौँडा । मकवानपुरमा विभिन्न घटनाको क्रममा आज तीन जनाको मृत्यु भएको छ ।
कर्णालीका प्रदेश सभाको बैठक दिउँसो ३ बस्दै, मुख्यमन्त्री कँडेलले आज विश्वासको लिने
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । त्यसका लागि कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो ३ बस्दै छ ।
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शीतलनीवासमा भेटवार्ता,भेटमा आपसी हित र चासोबारे छलफल हुने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी बिच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता शुरु भएको छ । सो भेटमा आपसी हित र चासोबारे छलफल हुने जनाइएको छ ।
काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति पौडेल ले गरे स्वागत
काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा दिउँसो ३स्३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।
हतारिएर कम्युनिस्ट एकता गर्ने पक्षमा छैनौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हौसिएर हतारमा कम्युनिस्ट एकता गर्ने पक्षमा आफू नभएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको उपलक्ष्यमा एमालेले सोमबार ललितपुरमा आयोजित हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।
राष्ट्रपति पौडेलले विमानस्थलमा कतारी राजाको स्वागत गर्ने
काठमाडौँ । कतारी (अमिर राजा)को स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने भएका छन् ।
यस्ता छन उपनिर्वाचनको नियम, के-के गर्न पाइदैन ?
काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले आजै सम्पन्न उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिससमेतको आधारमा सुरषा व्यवस्था कडा बनाउने भएको हो ।
आधार प्रथम अन्तर प्रदेश खेलकुद प्रतियोगिताले बागमती प्रदेशलाई खेलकुदमा जगाएको आशा
काठमाडौं । पछिल्लो समय खेलकुद प्रतियोगिताहरु स्थानिय स्तरमा हुन थालेका छन् । स्थानिय स्तरले आयोजना गर्ने खेलकुद प्रतियोगिताको व्यवस्थापन र त्यसको पूर्णता दिन केही हदसम्म चुकेको पाइन्छ ।