स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सुझाब सहित राष्ट्रपति पौडेलले दिए नयाँ वर्षको शुभकामना
काठमाडौँ । आज वर्ष २०८१ को पहिलो दिन । नेपालीहरूले विभिन्न कार्यक्रमका साथ नयाँ वर्ष मनाइरहेका छन् । नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्।
आजदेखि २०८१ साल सुरु, देश तथा विदेशमा नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै
काठमाडौं । आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।
लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोख बहादुर महरा नियुक्त भएका छन् ।
नेवाः राष्ट्रिय परिषदले चैत्र २४ गते राष्ट्रिय मुक्ति क्रान्ती बृहत जन प्रदर्शन गर्ने
काठमाडौं । स्वदेशवाद, बहुल राष्ट्रिय राज्य तथा सामुदायिक समाजवादको लागि स्वनिग बिशेष व्युरो तथा नेवाः राष्ट्रिय परिषदले यहि चैत्र २४ गते राष्ट्रिय मुक्ति क्रान्ती बृहत जन प्रदर्शन गर्ने भएको छ । यो आन्दोलन मार्फत वागमती प्रदेशको नाम परिवर्तन गरी नेपाः मण्डल राख्न दवाव सिर्जना गर्ने स्वनिग बिशेष व्युरो तथा नेवाः राष्ट्रिय परिषदले जनाएको छ ।
आज ५ वटा संसदीय समितिको बैठक बस्दै, गृह मन्त्री लामीछाने पनि उपस्थित हुने
काठमाडौँ । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठक बस्दै छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुनेछ । यो छलफलमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि उपस्थित हुने भएका छन् । त्यस्तै बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० मा विज्ञसँग छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ । त्यस्तै बिहान १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा बाल सुधार गृहहरूको व्यवस्थापन र सुधारसँग सम्बन्धित विषयमा मन्त्रालयले गरिरहेको काम कारवाहीका बारेमा छलफल हुनेछ ।त्यस्तै बिहान ८ बजेदेखि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भइरहेको छ ।
राष्ट्रपति पौडेल तनहुँ आउँदै
तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल आज तनहुँको भिमाद आउने भएका छन् ।
लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दिए राजीना
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् ।
विशाल पण्डितसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोप
काठमाडौं । मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितलगायत ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
माओवादी केन्द्रबाट जनकराज बुढालाई उम्मेदवार बनाउन सिफारिस
काठमाडौँ । नेकपा माओवादी केन्द्रले जनकराज बुढालाई बझाङ प्रदेश १(१) मा उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
कुलेखानी-दक्षिणकाली सडक बन्द
हेटौँडा । हेटौँडालाई काठमाडौँसँग जोड्ने कुलेखानी-सिस्नेरी-छैमले-दक्षिणकाली सडकमा आइतबारदेखि अनिश्चितकालका लागि सवारी सञ्चालन बन्द गरिएको छ । सो सडकखण्ड स्तरोन्नतिका क्रममा सवारी साधनको आवागमन बन्द गरिएको हो ।