२९ वैशाख २०८०, शुक्रबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बैतडी- दोगडाकेदार गाउँपालिका ८ सैनीका ३८ वर्षीय वासुदेव जोशीको हत्यामा संलग्न भएको आरोपमा एक जनालाई कारागार चलान गरिएको छ। कारागार चलान हुनेमा दोगडाकेदार ८ कै महेन्द्र विष्ट रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
विष्टलाई जिल्ला अदालतका न्यायधिश जयानन्द पनेरुको एकल इजलासले विष्टलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो। सोही घटनामा पक्राउ परेकी धनमती भण्डारीलाई भने साधारण तारेखमा छोड्न आदेश दिएको छ।
वैशाख २ गते साँझ घाँटी रेटेर हत्या गरेको अवस्थामा जोशीको शव फेला परेको थियो। त्यसको भोलिपल्ट प्रहरीले हत्या अभियोगमा दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?