३० वैशाख २०८०, शनिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भारतको उड्डयन नियामक निकायले एअर इन्डियालाई ३० लाख भारतीय रुपया (३६ हजार ४ सय ९६ अमेरिकी डलर) जरिबाना गरेको छ ।
भारतीय एअरलाइन्स एअर इन्डियाका विमान चालकले उडानका क्रममा आफ्ना साथीलाई ककपिटभित्र छिर्न दिएर सुरक्षा मापदण्ड उल्लङ्घन गरेको पाइएको हो । भारतीय नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार दुबई–दिल्ली उडानका चालक दलका सदस्यले गएको फेब्रुअरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान गरिएको थियो ।
डीजीसीएले पाइलटको लाइसेन्स पनि तीन महिनाका लागि निलम्बन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?