काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स तथा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् ।
आज हुने पहिलो खेलमा चेन्नई र दिल्ली दिउँसो पौने ४ बजे दिल्लीमा खेल्दैछन् । चेन्नई १३ खेलमा १५ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । समान खेलमा १० अंक रहेको दिल्ली नवौँ स्थानमा छ । आजको खेल जितेमा चेन्नई प्ले अफमा पुग्नेछ । दिल्ली शीर्ष चारबाट बाहिरिसकेको छ ।
आज हुने दोस्रो खेलमा लखनउ र कोलकाताबिच इडेन गार्डेनमा बेलुका पौने ८ बजे खेल हुनेछ । लखनउको १३ खेलमा १५ अंक छ । तेस्रो स्थानमा रहेको लखनउ आजको खेल जितेमा प्लेअफमा पुग्नेछ । १३ खेलमा १२ अंकका साथ सातौँ स्थानमा रहेको कोलकातालाई प्लेअफको सम्भावना कायमै राख्न आजको खेलमा फराकिलो जित आवश्यक छ ।
गएराति भएको खेलमा राजस्थान रोयल्ससँग ४ विकेटले पराजित भएको पन्जाब किंग्सको प्लेअफ सम्भावना सकिएको छ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.