धनगढी- कैलालीको धनगढीमा चिकित्सक मृत भेटिएको घटनाको अनुसन्धानका लागि प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।
धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा. प्रसन्ना शाह बिहीबार बिहान आफ्नै कोठामा मृत भेटिएपछि घटना अनुुसन्धानका लागि प्रहरीले धनगढीकै विकल केसीलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार मृतकका परिवार किटानी जाहेरी लिएर प्रहरीमा पुगेपछि केसी शनिबार विहान आफैं प्रहरी कार्यालय आएका थिए ।
चिकित्सक शाहको परिवारले प्रहरी कार्यालयमा पेश गरेको किटानी जाहेरीमा माया मेट्रो अस्पतालमै कार्यरत डा. सन्दीप भट्टराई र धनगढीका विकल केसीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गर्न माग गरिएको छ । डीएसपी चन्दले जाहेरी दर्ताको प्रक्रियामा रहेको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका एसपी देवेन्द्र पालले घटना प्रारम्भिक अनुसन्धानको चरणमा रहेकाले धेरै कुरा सार्वजनिक गर्न नमिल्ने बताए ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- ६ जेठ २०८०, शनिबार