१५ जेठ २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- सरकारले आउँदो आर्थिक वर्षमा अनावश्यक क्षेत्रमा हुने खर्च कटौती गर्ने भएको छ । संसदमा बजेट पेस गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले उस्तै प्रकृतिका २० वटा संस्था खारेज गर्ने जानकारी दिनुभयो ।
यस्तै विभिन्न प्रकारका भत्ताको खारेज गरिने उहाँले बताउनुभयो । नयाँ गाडी नकिन्ने, अत्यावश्यकबाहेक नयाँ भवन नबनाउने, गाडीको सुविधा पाउने कर्मचारीलाई इन्धन खर्चबापत नगद नै दिने तथा पुराना र प्रयोगविहीन सामान छ महिनाभित्र लिलाम गर्ने, अत्यावश्यकबाहेक वैदेशिक भ्रमणमा रोक लगाउने लगायतका व्यवस्था गरिने अर्थमन्त्री महतले जानकारी दिनुभयो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार