१६ जेठ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।
मङ्गलवार दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलले आर्मीलाई २–० गोलले हरायो । जावलाखेलको जितमा दुवै गोल एनकोटो मासोबीले गरे ।
यो जितसँगै जावलाखेल युथ क्लब अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । जावलाखेलको २३ खेलमा ३७ अङ्क छ । आर्मी उति नै खेलमा ३० अङ्कका साथ पाँचौँ स्थानमा छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?