१८ जेठ २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- पाँच खेलको टी–२० शृखंलाअन्तर्गत तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई १११ रनको लक्ष्य दिएको छ ।
मलेसियाको बांगीस्थित युएसडी युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११० रन बनाएको हो।
नेपालको लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन् । १५ बल खेलेकी उनले ३ चौका र १ छक्का प्रहार गरिन् । यस्तै ज्योती पाण्डेले २३, सीता राना मगरले २१ र इन्दु बर्माले २० रन बनाइन् । कविता कुँवर २ रनमा आउट भइन् । विन्दु रावल ३ र कविता जोशी १ रनमा अविजित रहे ।
मलेसियाको लागि निक नुर अतिएलाले २ तथा आसया इलिसा र विनफ्रेड अन्नेले समान एक विकेट लिए ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- १८ जेठ २०८०, बिहिबार