२१ जेठ २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
ताप्लेजुङ- ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ मा रहेको चागे माध्यमिक विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । विद्यालयका ५० जनाभन्दा धेरै विद्यार्थी बिरामी परेपछि विद्यालय बन्द गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक केशवप्रसाद गौतमका अनुसार विद्यार्थी बिरामी हुन थालेपछि आउँदो शुक्रवारसम्म विद्यालय बन्द गरिएको छ । विद्यार्थीलाई ज्वरोसहित शरीरमा फोका आएकाले विद्यालय बन्द गरिएको उहाँले बताउनु भयो ।
उनीहरुमा दादुरा या ठेउलाको सङ्क्रमण हुन सक्ने जिल्लास्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ । गर्मीमा दादुरा र ठेउलाको सङ्क्रमण धेरै देखिने गरेको छ । साथै एक जनालाई देखिएमा बिरामीको सम्पर्कमा रहने अरुलाई पनि सर्ने सम्भावना हुन्छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- २१ जेठ २०८०, आइतबार