१० असार २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दाङ- दाङको तुलसीपुरमा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरीकी १३ वर्षीया दक्षिणा वलीको सर्पले डस्दा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
वलीलाई घरमा सुतिरहेको समयमा हिजो दिउँसो सर्पले डसेको भए पनि राति ९ बजे मात्रै उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो ।
उनलाई थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पताल पठाइए पनि आज बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?