काठमाडौं- हाइटेक नर्सरी स्थापना तथा सञ्चालनका लागि प्रदेश सरकारबाट पाएको अनुदान रकम हिनामिना गर्ने चार जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास कार्यालय हुम्लाका प्रमुख चन्द्र भुषण झा, तत्कालीन सव इन्जिनियर भिमबहादुर रोकाय, अदानचुली गाउँपालिका २ का तत्कालीन वडाध्यक्ष दल बहादुर बुढाविरुद्ध मुद्दा दायर गरेको हो।
उनीहरूले आर्थिक वर्ष २०७६÷०७७ मा फलफुल प्रशोधन तथा भण्डार केन्द्र, अदानचुली, मकै हुम्लाले निर्माण गरेका नर्सरी तथा टनेल निर्माण कार्यको गलत प्रतिवेदन पेस गरेको अख्तियारले बताएको छ।
उनीहरुले भए गरेको वास्तविक कामभन्दा बढी काम गरेको गलत प्रतिवेदन देखाई चार लाख ३८ हजार ५५७ रुपैयाँ बराबरको हानि नोक्सानी पुर्याएको पाइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
अनियमिततामा संलग्न देखिएपछि अख्तियारले फलफुल प्रशोधन तथा भण्डार केन्द्रकी सञ्चालिका सुस्मा कार्की भण्डारीलाई समेत प्रतिवादी बनाएको छ।