काठमाण्डौ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।
गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा आज सोमवार विशेष अदालतमा ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।
ढकालले एक करोड ४४ लाख ११ हजार सात सय ८१ रुपैयाँ ७१ पैसा गैरकानुनीरूपमा आर्जन गरेको र त्यो रकमको स्रोत नखुलेका कारण मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ ।
ढकालको कुल सम्पत्ति सात करोड ८४ लाख पाँच हजार ९४ रुपैयाँ रहेको र त्यो रकममा एक करोड ४४ लाख ११ हजार सात सय ८१ रुपैयाँ ७१ पैसाको स्रोत खुल्न नसकेकोले अख्तियारले त्यही रकम बराबरको बिगो दाबी गरेको हो ।
ढकाल २०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव हुनुहुन्थ्यो ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.