काठमाण्डौ- काठमाण्डौ महानगरपालिकाले आउँदो शैक्षिक सत्र २०८०/८१ को लागि कक्षा ११ मा लिइने शुल्कको विवरण पेस गर्न सबै निजी विद्यालयलाई निर्देशन दिएको छ ।
महानगरपालिकाले सूचना निकालेर सबै निजी विद्यालयलाई यही असार मसान्तसम्म कुन–कुन शीर्षकमा कति शुल्क लिने हो त्यो विवरण पेस गर्न भनेको हो । महानगरमा अहिले पाँच सय २० वटा निजी विद्यालय सञ्चालनमा छन् । ती सबै विद्यालयलाई यही असार मसान्तभित्र विवरण पेस गर्न निर्देशनसहित पत्राचार गरेको महानगरको शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिनुभयो।
निजी विद्यालयले जथाभाबी शुल्क लिएको गुनासो बढेकाले शुल्कको विवरण पेस गर्न महानगरले निर्देशन दिएको हो । तोकिएको समयसीमामा शुल्क विवरण उपलब्ध नगराउने विद्यालयलाई अनुगमन गरी नियमानुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.