१३ असार २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि निकालेको पशुपतिनाथस्थित ज्योर्तिलिङ्गको जलहरी बुधबार पुनस्थापना गरिने भएको छ ।
जलहरीमा प्रयोग भएको सुनको तौल र गुणस्तरबारे विवाद भएपछि अख्तियारको टोलीले गत आइतबार जलहरी निकालेर छानविन गरेको थियो ।
भारतको कर्नाटकबाट आएका भास्कर भट्टको टोलीले तीन दिनसम्म विशेष क्षमा पूजा गरिरहेको र पुजा सकिएपछि जलहरीको पुनस्थापना गरिने छ ।
जलहरी जडानका लागि आवश्यक पर्ने लाहा पनि भारतबाट आइसकेको छ ।
मंगलबार राती भारतको बैंगलोरबाट ४० किलो लाहा नेपाल आइपुगेको हो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?