१३ असार २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिको सिफारिस गर्न न्यायपरिषद् बैठक बुधबार बस्दै छ ।
परिषद्ले उच्च अदालतमा २७ र सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्न सक्ने सम्भावना रहेको छ । गत सोमबार बसेको परिषद् बैठकमा न्यायाधीश नियुक्तिमा सहमति नजुटेपछि बुधबार पुनः बैठक बस्न लागेको हो ।
परिषद्का अनुसार गत वर्ष साउनमा उच्चका २७ न्यायाधीशका लागि आवेदन आह्वान भएकोमा संक्षिप्त सूचीसमेत तयार भइसकेको छ ।
सहमति जुटे सर्वोच्चमा पनि न्यायाधीश नियुक्तिको सिफारिस गर्ने तयारी छ । सर्वोच्चमा हाल ६ न्यायाधीशको दरबन्दी रिक्त छ । उच्चमा ४१ जना न्यायाधीशको पद रिक्त छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?