काठमाडौं- सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरूद्ध परेको अदालतको अपहेलना मुद्दामा लिखित जवाफ मागेको छ ।
बालेनविरूद्ध परेको रिटको मंगलबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद आचार्यको एकल इजलासले मेयर साहसँग लिखित जवाफ माग्ने आदेश गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।
अधिवक्ता वर्षाकुमारी झाले मेयर साहविरूद्ध आइतबार अदालतको अवहेलानाविरुद्ध निवेदन दिनुभएको थियो । मेयर साहले गत बिहीबार सामाजिक सञ्जालमार्फत अदालत र सरकार भारतको गुलाम भएको बताउनुभएको थियो । उहाँले कानून र अदालतको आदेश नमान्ने भन्दै टिप्पणी गर्नुभएको थियो ।
हलमा हिन्दी फिल्म चलाउन उच्च अदालतले अन्तरिम आदेश दिएपछि साहले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.