१३ असार २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले संवैधानिक इजलासबाट राहत पाएका छन् । उनको सांसद पद खारेजीको मागदाबीसहित परेको मुद्दालाई बुधबार संवैधानिक इजलासले खारेज गरिदिएको हो ।
युवराज सफल पौडेलले गत जेठ १० गते निर्वाचन आयोगसहितलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए । राहदानी दुरुपयोग लगायतका विषय उठाउँदै रिट निवेदनमा रवि लामिछाने सांसद बन्न अयोग्य रहेको दाबी गरिएको थियो ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लसहितको संवैधानिक इजलासले उक्त रिट निवेदन खारेज हुने ठहर गरेको हो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?