डडेल्धुरा- नेपाली काँग्रेस डडेल्धुराले जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ। काँग्रेसले बिहीबार एक सूचना जारी गर्दै यही असार १६ गते जिल्ला सदरमुकाममा सम्मेलन आयोजना गर्ने जानकारी गराएको हो।
काँग्रसको १४औं महाधिवेशन र सातौं जिल्ला अधिवेशनपछिको प्रथम जिल्ला सम्मेलन आयोजना गर्न लागिएको सभापति भीमबहादुर साउदले जानकारी दिए। उनका अनुसार नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री एनपी साउद प्रमुख अतिथि रहनेछन्।
जिल्लाबाट प्रनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश समितिका सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्लारप्रदेशसभा क्षेत्ररपालिका कार्यसमिति, वडा कार्य समिति, टोल कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
यसका साथै सम्मेलनमा क्षेत्रीय प्रतिनिधि, भातृ तथा शुभेच्छुक संघ संस्थाका वडा, पालिका, जिल्लाका पदाधिकारी तथा सदस्य, काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू र नेपाली काँग्रेसप्रति आस्थावान सबैलाई पनि उपस्थितिका लागि सभापति साउँदले आग्रह गरे। उनका अनुसार निर्माण व्यवसायी संघको सभा हलमा सम्मेलनको उद्घाटन बिहान पौने १२ बजे हुनेछ।