१५ असार २०८०, शुक्रबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रुपन्देही- रुपन्देहीका विभिन्न ठाउँमा भएका विष्फोटका घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सियारी गाउँपालिका–४ धमसरका २७ वर्षीय अब्दुल हाकिम खान, कोटहीमाई गाउँपालिका–३ पर्सियाका २२ वर्षीय सुरज लोहार र कोटहीमाई–४ का २४ वर्षीय सुरज थारु पक्राउ परेका रुपन्देहीका प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले जानकारी दिनुभयो ।
हिजो पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले मोटरसाइकल र मोबाइलसमेत बरामद गरेको छ । उनीहरुले मधेस पिपुल्स पार्टीको नामबाट विभिन्न व्यक्तिलाई फोन गरी धम्काएर फिरौती रकम समेत माग्ने गरेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका तीन जनालाई मुलुुकी अपराध संहिता २०७४ अनुसार कारबाहीको प्रकृया अगाडि बढेको प्रहरीले जनाएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?