१५ असार २०८०, शुक्रबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- आउँदो तीन दिन रुपन्देही, कपिलवस्तु र पाल्पाका नदी तथा खोलामा बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले सूचना निकालेर रुपन्देही, कपिलवस्तु र पाल्पा आसपास भइ बहने केही साना नदीमा पानीको सतह बढ्ने र केहीमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै, आज देशका अन्य १७ जिल्लाका नदी तथा खोलामा पनि बाढीको सम्भावना छ ।
इलाम, झापा, मोरङ, उदयपुर, सिन्धुली, सर्लाही, रौतहट, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, स्याङ्जा, तनहुँ, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ र आसपासका भइ बहने नदीमा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?