सर्लाहि- लालबन्दि नगरपालिका वडा नम्बर–८ का अध्यक्ष शुक्र लामाले ४० घरधुरीका परिवारलाई उन्नत जातका बाख्रा वितरण गरेका छन । उन्नत जातका बाख्राबाट ति परिवारलाई बाख्रा व्यवसायको लागि टेवा पुग्ने बताएका छन ।
विकास भनेको कुलो, नाला, बाटो, ढलान, पिच, गर्ने जस्ता भौतिक निर्माण मात्र नभई सामाजिक विकास गर्नु, जनतालाई आर्थिक रुपमा सबल बनाउनु पनि विकास हो, भन्ने उनको धारणा रहेको छ । त्यसकारण उनले उन्नत जातका बाख्रा वितरण गरेका हुन ।
विकास भन्ने बितिकै सबैले बाटो बनाउने, कुलो बनाउने, ढलान गर्ने, पिच गर्ने जस्ता काममा मात्र ध्यान दिने गर्दछन । तर अध्यक्ष शुक्र लामाले विकासका लागी समुदायको सामाजिक र आर्थिक पक्षलाई पनि हेर्नु पर्दछ भन्दै ति घरपरिवारलाई उन्नत जातका बाख्रा वितरण गरेका हुन ।
समुदायको प्रत्येक घरपरिवारको सामाजिक र आर्थिक उन्नति भए विकासको अनुभुति गर्न सकिने बताएका छन । अहिले बाख्रा नपाएका बाँकि परिवारलाई आगाामी दिनमा दिने प्रतिबद्धता गरेका छन ।
शुक्र लामा अध्यक्ष भए पश्चात उनले यस्ता धेरै उदाहरणीय काम गर्दै आएका छन् । केहि दिन अघि मात्र उनले सिसि क्यामेरा र विद्यालयमा डिजिटल बोर्ड जडान गरेका थिए । आगामी दिनमा पनि यस्ता उत्पादनमुलक, सिपमुलक र रोजगारिमुलक कार्यक्रमहरु ल्याउने बताएका छन ।