१७ असार २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- दलित भन्दै डेरामा बस्दै आएका दुई जनालाई घरबाट निकाल्ने घरबेटीलाई दाङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १७ का ताराप्रसाद पोखरेल रहेका छन।
पोखरेलले भाडामा बस्दै आएका अछाम पञ्चदेवल विनायक नगरपालिका– ७ पुल्तोलाका महेन्द्र बिक र हुम्लाको अदानचुली गाउँपालिका– ३ का अंगराज नेपालीलाई आफ्नो घरमा आएर बसेदेखि आफु बिरामी परेको भन्दै डेराबाट निकालेका हुन।
यता प्रहरीले पोखरेलबिरुद्ध जातीय छुवाछुतअन्तर्गत मुद्दा दर्ता गरी कारबाही गर्ने तयारी गरेको छ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?