१९ असार २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फको हवाई भाडा घटाएको छ ।
निगमले मंगलबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलसँगै हवाई इन्धनको पनि मूल्य घटाएपछि प्राधिकरणले हवाई भाडा घटाएको हो ।
घटेको मूल्य अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको हवाई भाडा ६१५ रुपैयाँले घटेको छ । यसअघि काठमाडौं(धनगढीको हवाइ भाडा ६ हजार ६२५ रुपैयाँ रहेको थियो । यस्तै, सबैभन्दा कम छोटो दूरीमा रहेको काठमाडौं–सिमराको हवाइ भाडा १२५ रुपैयाँले घट्दै १ हजार २२५ रुपैयाँ कायम भएको छ ।
आयल निगमले सोमबार आन्तरिक उडानतर्फको इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फको मूल्य प्रतिलिटर १५ रुपैयाँले घटाएको थियो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?