२१ असार २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी छ।
केही समयअघि शुरु भएको बैठकमा संसद्को अवरोध हटाउने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यस्तै कोशी प्रदेशमा मुख्यमन्त्री चयन, मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएकोलगायतका विषयमा पनि छलफल केन्द्रित छ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्। यस्तै नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरू बैठकमा उपस्थित छन्।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?