काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध पार्ने भएको छ। शुक्रबार तीन बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक एमालेले चल्न नदिने भएको हो।
एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले आफूहरू बुधबारको विषयमा अडान रहेकाले सदन चल्न नदिने बताए। साढे एक बजेका लागि कार्यव्यवस्था समितिको बैठक बोलाइको छ।
उक्त बैठकमा पनि आफूहरूले सोही अडान राख्ने उनले बताए। एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर बुधबारदेखि सदन अवरुद्ध पार्दै आइरहेको छ।
शुक्रबारको राष्ट्रियसभा बैठक पनि एमालेले चल्न दिएन। बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने अडानसहित उठेर अवरोध गरेपछि राष्ट्रियसभा बैठक असार २४ गते आइतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्नेगरी स्थगित गरिएको हो।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- २० असार २०८०, बुधबार