२३ असार २०८०, शनिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- मुग्लिन नारायणगढ सडक खण्ड पुनः अवरुद्ध भएको छ ।
दिउँसो चार बजेतिर कालीखोला नजिक पहिरो गएकाले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
सडकमा झरेको पहिरो हटाउन उपकरणसहितको जनशक्ति पठाइएको र सडक खुलाउन केही समय लाग्ने कार्यालयले जानाएको छ ।
अघिल्लो हप्ता तुइनखोला पुल नजिक पहिरो खस्दा पटक पटक सडक बन्द भएको थियो । गएको सोमवारपछि भने त्यहाँ लामो समय गाडी रोक्नुपर्ने गरी पहिरो झरेको छैन । आज कालीखोला नजिक सुक्खा पहिरो खसेको हो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?