२४ असार २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- आईसीसी विश्वकप क्रिकेट छनोटको उपाधिका लागि आज श्रीलङ्का र नेदरल्यान्ड्स खेल्दैछन् ।
फाइनल खेल जिम्बावेको हरारेमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे शुरु हुनेछ ।
१० टोली सहभागी यो प्रतियोगिताको शीर्ष दुईमा रहेका श्रीलङ्का र नेदरल्यान्ड्स आउँदो अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकपमा पुगेका छन् । सुपर लिगबाट आयोजक भारत, अस्ट्रेलिया, इङ्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, बङ्लादेश र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाएका थिए ।
प्रतियोगिताको उद्घाटन खेलमा अक्टोबर ५ तारिखमा इङ्ल्यान्ड र न्युजिल्यान्ड अहमदाबादमा खेल्नेछन् । प्रतियोगिताको आयोजक भारतले आफ्नो पहिलो खेल अक्टोबर ८ तारिखमा अस्ट्रेलियासँग खेल्नेछ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?