२६ असार २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार ६ जनाकै शव भेटिएको छ ।
दुर्घटनास्थलको मौसम प्रतिकूल भएका कारण नजिकै भकान्जे भन्ने स्थानमा उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर अवतरण गरेका छन् । अहिले शवहरु संकलन गरी काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
मनाङ एयरको ९ एन–एएमभी हेलिकप्टरमा पाइलटसहित ६ जना सवार थिए । हेलिकप्टर पाइलट सीबी गुरुङले उडाएका थिए । दुर्घटनाको कारण खुलेको छैन ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- २६ असार २०८०, मङ्गलबार
मनाङ एयरको हेलिकप्टर दुर्घटना अपडेट: ५ जनाको मृत्यु
- बि.एम.एन. न्यूज
- २६ असार २०८०, मङ्गलबार
मनाङ एअरको हेलिकप्टर दुर्घटनाग्रस्त, चार जनाको शव भेटियो
- बि.एम.एन. न्यूज
- २६ असार २०८०, मङ्गलबार