१ साउन २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- सार्वजनिक यातायातको भाडा घटेको छ । नेपाल आयाल निगमले स्वचालित मूल्य प्रणालीअनुसार आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यता यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समेत समायोजन गरेको हो ।
विभागकाअनुसार घटेको सवारी भाडाअनुसार यात्रुबहाक सवारी साधनको साविकको भाडामा २.१३ प्रतिशतले घटाइएको छ भने मालबहाक सवारीमा पहाडमा २.७८ प्रतिशत र तराईमा ३.०९ प्रतिशतले भाडा घटाइएको छ ।
करिब ९ वर्षपछि पेट्रोलियम पदार्थमा स्वचालित प्रणालीमा गएको निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ भाडा घटाएको छ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?