३ साउन २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले यूएई ए विरुद्ध पहिले बलिङ गर्ने भएको छ। श्रीलंकाको कोलोम्बोमा यूएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरिरहेको छ। खेल आज बिहान सवा १० बजे सुरु भएको हो।
समूह बी मा यसअघि नै लगातार दुई खेल हार्दै बाहिरिसकेका नेपाल र यूएई दुवै टिम यस खेल जित्दै सुखद अन्त्य गर्ने योजनामा छ।
नेपालले युएई ए विरुद्ध प्लेइङ ११ का चार परिवर्तन गरेको छ। नेपालले यसअघि भारत ए सँगको खेलमा रहेका सोमपाल कामी, ललित राजवंशी, भीम सार्की र आसिफ शेखलाई बेन्चमा राखेको छ। नेपालले प्रतिश जिसी, श्याम ढकाल, अर्जुन साउद र सन्दीप जोरालाई आजको खेलमा उतारेको छ।
यो खेल दुवैका लागि प्रतिष्ठाको लडाई मात्रै हुनेछ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?