काठमाण्डौ- फिफा महिला विश्वकप फुटबल २०२३ मा न्युजिल्यान्डले विजयी शुरुवात गरेको छ ।
आज बिहीवार घरेलु मैदान इडेन पार्कमा भएको उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई १–० गोलले हरायो । न्युजिल्यान्डका लागि खेलको ४८ औँ मिनेटमा हाना विलकिनसनले गोल गरिन् । यो जितसँगै समूह ‘ए’ मा रहेको न्युजिल्यान्डले ३ अङ्क जोडेको छ ।
यस्तै आजै समूह ‘बी’ मा रहेको अर्को आयोजक अस्ट्रेलिया र रिपब्लिक अफ आयरल्यान्ड खेल्ने छन् । सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुने यो खेल नेपाली समयअनुसार पौने ४ बजे हुनेछ ।
आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.