काठमाडौं- एन्फा यू–१६ युथ लिग खेलिरहेको संकटाको युवा टिमले मोरक्कोमा हुने फुटबल प्रतियोगिता खेल्ने भएको छ ।
नेक्सस-संकटा एकेडेमीको टिम नेपालको प्रतिनिधित्व गर्दै मोरक्कोमा खेल्न जान लागेको हो ।
इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडेरेरेसनलको आयोजनामा हुने आईएसएस डब्लुएससी पुटबल प्रतियोगितामा नेपालसँगै विधिन्न देशका युवा टोली सहभागी हुनेछन् ।
संकटा रहेको समूह ‘ए’ मा फ्रान्स, चिली र युगान्डाको टिम छ । सहभागी कूल ३२ टिमलाई ८ समूहमा विभाजन गरेर खेलाइनेछ ।
उक्त प्रतियोगिता यही जुलाई २२ देखि ३१ सम्म हुनेछ । हाल यू–१६ लिगमा दुई खेल खेल्दा संकटा एक जित र एक हारको नतिजा निकालेको छ ।
पहिलो खेलमा एपीएफसँग २–१ ले पराजित भएको संकटाले दोस्रो खेलमा बिहीबार चर्च ब्वाइज युनाइटेडलाई ४–१ ले पराजित गरेको थियो ।
१७ खेलाडीसहित २० सदस्यी टोली शुक्रबारै मोरक्को प्रस्थान गर्नेछ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.