काठमाण्डौ- फिफा महिला विश्वकप फुटबल २०२३ मा पोर्चुगलले भियतनामलाई हराउन सफल भएको छ ।
आज बिहीवार न्युजिल्यान्डको एफएमजी स्टेडियममा भएको खेलमा पोर्चुगलले भियतनामलाई २–० गोलले हरायो । पोर्चुगलका लागि तेल्मा इन्कारनाको र फ्रान्सिस्का नजरेथले गोल गरिन् ।
आजको जितसँगै पोर्चुगल २ खेलमा ३ अङ्कका साथ समूह ‘ई’ को तेस्रो स्थानमा छ। दुवै खेल हारेको भियतनाम प्रतियोगिताबाटै बाहिरिएको छ ।
आजै न्युजिल्यान्डको वेलिङ्गटनमा भएको समूह ‘ई’ को खेलमा अमेरिका र नेदरल्यान्ड्सले १/१ गोलको बराबरी खेलेका छन् । आजै पौने ४ बजे समूह ‘बी’ का अस्ट्रेलिया र नाइजेरिया खेल्दैछन् ।
आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.