काठमाण्डौ- फिफा महिला विश्वकप फुटबलमा स्पेनलाई हराउँदै जापान समूह ‘सी’ को विजेता बनेको छ ।
आज सोमवार न्युजिल्यान्डको वेलिङ्टन रिजनल स्टेडियममा भएको खेलमा जापानले स्पेनले ४–० को फराकिलो अन्तरले हरायो । जापानका लागि हिनाता मियावाजाले २ तथा रिको युकी र मिना तनाकाले १/१ गोल गरिन् । समूह विजेता बन्दै जापानले ३ खेलमा ९ अङ्क जोडेको छ भने उपविजेता बनेको स्पेनको उति नै खेलमा ६ अङ्क छ । अब जापानले क्वाटरफाइनलमा समूह ‘ए’ को उपविजेता नर्वे र स्पेनले समूह ‘ए’ को विजेता स्विट्जरल्यान्डसँग खेलेको छ ।
यस्तै आजै न्युजिल्यान्डको एफएमजी स्टेडियममा भएको समूह ‘सी’ कै अर्को खेलमा जाम्बियाले कोस्टारिकालाई ३–१ गोलले हरायो । विश्वकपमा जाम्बियाको यो पहिलो जित हो । जाम्बियाका लागि लुशोमो एमवीम्बा, बारब्रा बान्दा र रेचेल कुन्दानान्जीले गोल गरिन् । कोस्टारिकाका डफ्ने मेलिसाले सान्त्वना गोल गरिन् । जाम्बिया ३ अङ्कसहित तेस्रो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिँदा कोस्टारिका अङ्कविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो ।