काठमाडौं । पूर्वी लिबियामा आएको बाढीमा परी २ हजार जनाभन्दा बढीको मृत्यु भएको छ । प्रकोपमा १० हजारभन्दा बढी बेपत्ता भएको रेडक्रसका अधिकारीले बताएका छन् ।
रेड क्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका लिबियाका लागि प्रतिनिधिमण्डलका प्रमुख टेमेर रमदानले उत्तर अफ्रिकी देशमा बाढी पछि १० हजार मानिस बेपत्ता भएको र मर्नेहरूको सङ्ख्या हजारौं पुग्न सक्ने बताएका छन् । उनले बाढीले बगाएर ज्यान गुमाउनेको सङ्ख्या धेरै ठूलो भएको जनाउँदै क्षतिको आकलन सकिएपछि ज्यान गुमाउनेको सङ्ख्या हजारौँ पुग्नसक्ने बताए ।
लिबियाका अधिकारीहरूले ड्यानियल आँधीका कारण मुसलधारे वर्षासँगै अचानक आएको बाढीमा परी पूर्वी शहर डेर्नामा मात्र दुई हजारभन्दा बढीको मृत्यु भएको आशङ्का गरेका छन् ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.