३१ भदौ २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- ६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । आइतवार दायर गरिएको मुद्दामा २९ जनालाई प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता महेश खत्रीले जानकारी दिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ५० जनालाई प्रतिवादी बनाउनुपर्ने राय पेश गरेको थियो । जसमा पक्राउ परेका ३२ र फरार १८ जना थिए । विमानस्थल भन्सार कार्यालय बाहिरबाट साउन २ गते स्कूटरको ब्रेक सूुमा ल्याइएको सुन ६० किलो ७१६ ग्राम सुन समातिएको थियो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?