• ८ मंसिर २०८१, शनिबार
  • Sat, 23 Nov 2024
गोरखापत्र

एमाले एक्लै राष्ट्रिय सभाको निर्वाचनमा लड्ने, गठबन्धन दलबाट साझा उम्मेदवार

लेखक: बि.एम.एन. न्यूज
blog

काठमाडौँ । आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन दलले साझा उम्मेदवार बनाएर जाने भएका छन् ।

यसबारेमा दलहरूबिच औपचारिक निर्णय नभए पनि गठबन्धनको मर्म अनुसार साझा उम्मेदवार बनाएर जाने नेपाली कांग्रेसका प्रवक्ता मीनबहादुर विश्वकर्माले जानकारी दिए । उनले पार्टीमा यसबारेमा अनौपचारिक छलफल भए पनि औपचारिक छलफल हुन बाँकी रहेको बताए ।

प्रवक्ता विश्वकर्माले भने–‘यसबारेमा पार्टीमा अनौपचारिक छलफल भएको छ तर अहिले हामी गठबन्धनमा रहेकोले गठबन्धन दलको तर्फबाट साझा उम्मेदवार बनाउँछौँ । यसबारेमा नेताहरूबिचको छलफल बाँकी नै छ । यसका लागि पार्टीभित्र पनि छलफल हुनुपर्‍यो र पार्टी–पार्टीका बिचमा पनि छलफल गर्नुपर्नेछ । केही दिनमै यसबारे सुरसार हुन्छ ।’ 

यता नेकपा एमालेले पनि राष्ट्रिय सभाको उम्मेदवार तय गर्ने बारेमा औपचारिक छलफल थालेको छैन । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचनको मिति भर्खर घोषणा भएकोले छलफल गर्न बाँकी रहेको बताए । 

उनले भने–‘अहिले हामी पार्टीको अभियानको क्रममा छौँ । बल्ल निर्वाचनको मिति घोषणा भएको छ । त्यसका लागि आयोगमा दल दर्ता गर्छौ, त्यसपछि पुसको पहिलो हप्ता वा दोस्रो हप्तातिर मात्र उम्मेदवारको बारेमा पार्टीमा छलफल हुन्छ । त्यसका लागि पर्याप्त समय बाँकी नै छ ।’

गठबन्धनबाट साझा उम्मेदवार बनाए पनि एमाले आफ्नै ढङ्गले चुनाव लड्ने उनले बताए । सरकारले आगामी माघ ११ गते रिक्त हुने १९ सदस्य चयनका लागि राष्ट्रियसभाको निर्वाचनको मिति प्रस्ताव गरेसँगै निर्वाचन आयोगले  निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रम सार्वजनिक भएसँगै  नयाँ उम्मेदवार चयनका लागि राजनीतिक दलहरूभित्र आन्तरिक तयारी थालिएको छ । 

आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । 

पदावधि सकिनेमा राष्ट्रियसभाका अध्यक्ष, राज्यमन्त्री, विभिन्न पार्टीका संसदीय दलका पदाधिकारीको समेत रहेका छन् । राष्ट्रियसभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।

यी हुन पदावधि सकिन लागेका राष्ट्रिय सभा सदस्यहरू

२०७४ साल फागुनबाट २०८० साल फागुनसम्म कायम भएका १ स्वतन्त्र सहित २० सांसदहरू बिदाइ हुन लागेका छन् । अहिले बिदाइ हुन लागेका १ तिहाइ राष्ट्रिय सभा सदस्यले ६ वर्ष अवधि पूरा गर्नेछन् । 

माथिल्लो सदनको रूपमा रहेको राष्ट्रिय सभाका कुल ५९ सदस्यको पदावधि ६ वर्षको हुने संवैधानिक व्यवस्था रहेको छ । संविधान जारी भएर पहिलो निर्वाचन सम्पन्न भएपछि गोला प्रथाबाट सांसदहरूको पदावधि तय गरिएको थियो । गोलाप्रथामा ६ वर्ष अवधि पाएका सदस्यहरूको समय सकिन लागेको हो । 

यो पटक सबैभन्दा धेरै नेकपा एमालेबाट निर्वाचित ९ सदस्यहरूको बिदाइ हुँदैछ । गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने एमालेबाट निर्वाचित राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको बिदाइ हुँदैछ । 

एमालेका अन्य सदस्यहरूमा सुदूरपश्चिम प्रदेश महिला समूहबाट निर्वाचित इन्दु कडरिया, लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराई, गण्डकीबाट निर्वाचित दीपा गुरुङ, बागमतीबाट निर्वाचित दिलकुमारी रावल थापा पार्वती, कर्णालीबाट दलित कोटाबाट निर्वाचित नरपति लुवार र कर्णालीबाटै निर्वाचित भैरवसुन्दर श्रेष्ठ, बागमतीबाट निर्वाचित रामचन्द्र राई बिदाइ हुँदैछन् । 

यस्तै नेपाली कांग्रेसबाट ४ जना सदस्यहरू अन्तर्गत लुम्बिनी प्रदेशबाट अनिता देवकोटा, मधेस प्रदेशबाट जितेन्द्रनारायण देव, गण्डकीबाट प्रकाश पन्थ, कोशी प्रदेशबाट रमेशजङ्ग रायमाझी बिदाइमा पर्दैछन् । 

माओवादी केन्द्रका ३ जना सदस्यहरूमा सुदूरपश्चिम प्रदेशबाट निर्वाचित  महेशकुमार महरा, कोशी प्रदेशबाट निर्वाचित बिना पोखरेल,  सुदूरपश्चिम प्रदेशबाट निर्वाचित हरिराम चौधरी बिदाइ हुनेछन् । 

नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेशबाट निर्वाचित नन्दा चपाई र बागमती प्रदेशबाट निर्वाचित सिंगबहादुर विश्वकर्माको बिदाइ हुनेछ । जनता समाजवादी पार्टीका मधेस प्रदेशबाट प्रमीला कुमारी र बागमती प्रदेशबाट निर्वाचित स्वतन्त्र सदस्य खिमलाल देवकोटाको बिदाइ हुनेछ । यसअघि २ वर्ष र ४ वर्ष समयावधि पाएका सदस्यहरू बिदाइ भइसकेका छन् । 

यस्तो छ निर्वाचन कार्यतालिका 

सरकारले चुनावको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको बिहीबार बसेको बैठकले माघ ११ गते हुने १९ पदको निर्वाचन तालिका स्वीकृत गरिसकेको छ । कोशी प्रदेशबाट २ सदस्य, मधेस प्रदेशबाट २ सदस्य, बागमती प्रदेशबाट ४ सदस्य, गण्डकी प्रदेशबाट ३ सदस्य, लुम्बिनी प्रदेशबाट २ सदस्य, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुँदैछ । जस अनुसार मङ्सिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ताका लागि समय निर्धारण गरिएको छ । 

राजनीतिक दल दर्ता सम्पन्न भएपछि पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने र पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइनेछ । त्यस्तै पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगको भनाई छ । 

अगामी पुस २० गतेदेखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ भने माघ ११ गते बिहान ९ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान हुने कार्यतालिका तय गरिएको छ । 

राष्ट्रिय सभा निर्वाचनका लागि कुन दलको कति मतभार ?

निर्वाचन आयोगले आगामी राष्ट्रिय सभा निर्वाचनका लागि नयाँ मतभार तोकेको छ । २०७८ सालमा भएको राष्ट्रिय जनगणनाबाट आएको नयाँ आँकडाका आधारमा मतदाताका रूपमा रहने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको मतभार परिवर्तन गरिएको छ । 

आयोगले यसअघि प्रदेश सभा सदस्यको मतभार ४८ कायम गरेकोमा अहिले बढेर ५३ पुगेको छ । यस्तै स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ रहेकोमा १९ पुगेको छ । 

राष्ट्रिय सभा निर्वाचनका लागि सात प्रदेशका ५५० प्रदेश सांसद र ७५३ स्थानीय तहका १५०६ जना प्रमुख तथा उपप्रमुख मतदाता छन् । नयाँ कायम मतभार अनुसार प्रदेश सांसद कूल मतभार २९ हजार १५० रहेको छ भने स्थानीय तहका जनप्रतिनिधिहरूको मतभार १४ हजार ३०७ रहेको छ । 

मतादाताका रूपमा रहेका प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूको दलीय आबद्धताका आधारमा प्रदेश अनुसार राजनीतिक दलको मतभार यसप्रकार रहेको छ स्

कोशी प्रदेश :

कोशीमा स्थानीय तहका २७४ र प्रदेशका ९३ सांसद गरी कूल ३६७ मतदाता रहेका छन् । यो प्रदेशमा एमालेको कूल मतभार ४ हजार २१० रहेको छ । कांग्रेसको कूल मतभार ३ हजार ७२२ मतभार रहेको छ भने माओवादी केन्द्रको १ हजार २७८ रहेको छ । यस्तै एकीकृत समाजवादीको ३४५, जनता समाजवादीको १२९, राप्रपाको ३९४ र स्वतन्त्रको ५७ मतभार रहेको छ । 

मधेस प्रदेशमा :

मधेस प्रदेशमा १०७ प्रदेश सांसदको ५ हजार ६७१ मत र स्थानीय तहका २७२ जनप्रतिनिधिको ५ हजार १६८ गरी १० हजार ८३९ मत रहेको छ । मधेस प्रदेशमा एमालेको कूल २ हजार ३०२ मतभार, कांग्रेसको ३ हजार १०४, जनता समाजवादी पार्टीको १ हजार ८१७, जनतम पार्टीको ७४६, लोकतान्त्रिक समाजवादी पार्टीको ९३३, माओवादीको ७६६, नेकपा एसको ५८०, नागरिक उन्मुक्ति पार्टीको ५३, राप्रपाको ५३, संघीय समाजवादीको ५३, तमलोपाको ५३ विवेकशील साझा पार्टीको ३८ र स्वतन्त्रको ३७५ मतभार रहेको छ । 

बागमती प्रदेश :

बागमती प्रदेशमा कूल प्रदेश सांसद ११० को ५ हजार ८३० मतभार, स्थानीय तहका २३८ जनप्रतिनिधिको ४ हजार ५२२ मतभार गरी कूल १० हजार ३५२ मतभार रहेको छ ।

यो प्रदेशमा कांग्रेसको कूल मतभार ४ हजार १३, एमालको २ हजार ५७१, माओवादीको २ हजार १९६ मतभार रहेको छ । यस्तै नेकपा एसको ५४२, राप्रपाको ७०८, हाम्रो नेपाली पार्टीको १०६, नेमकिपाको १९७ र स्वतन्त्रको १९ मतभार रहेको छ । 

गण्डकी प्रदेश :

यो प्रदेशमा प्रदेश सभा सदस्य ६० जनाको मतभार ३ हजार १८० र स्थानीय तहका १७०९ जनप्रतिनिधिको मतभार ३ हजार २३० गरी कूल ६ हजार ४१० रहेको छ । 

गण्डकी प्रदेशमा कांग्रेसको २ हजार ७०४, एमालेको २ हजार ४५८, माओवादीको ९४१ मतभार रहेको छ । यस्तै राप्रपाको १०६, नेकपा एसको ७२, नेपपाको ५३, राष्ट्रिय जनमोर्चाको ५७ र स्वतन्त्रको १९ मतभार रहेको छ । 

लुम्बिनी प्रदेश :

लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सभा सदस्यको ४ हजार ६११ मतभार र स्थानीय तहका २१८ जनप्रतिनिधिको ४ हजार १४२ मतभार गरी कूल ८ हजार ७५३ मतभार रहेको छ । 

यो प्रदेशमा एमालेको २ हजार ८१०, कांग्रेसको ३ हजार १७९, माओवादीको १ हजार २३७ मतभार रहेको छ । यस्तै राप्रपाको २६९, नागरिक उन्मुक्ति पार्टीको २१२, जसपाको २७३, लोसपाको २३५, जनमत पार्टीको १५९, नेकपा एसको ५३, राष्ट्रिय जनमोर्चाको १२९, जनता प्रगतिशील पार्टीको ३८ र स्वतन्त्रको १५९ मतभार रहेको छ । 

कर्णाली प्रदेश 

कर्णाली प्रदेशमा कूल प्रदेश सभा सदस्य ४९ जनाको २ हजार १२० मतभार रहेको छ भने १५८ जना स्थानीय तहका जनप्रतिनिधिको ३ हजार २ मतभार गरी कूल ५ हजार १२२ मतभार रहेको छ । 

यो प्रदेशमा कांग्रेसको १ हजार ८६३ मतभार रहेको छ भने माओवादीको १ हजार ६५४, एमालेको १ हजार १४२, नेकपा एसको २४३, राप्रपाको ५३ र स्वतन्त्रको १६७ मतभार रहेको छ । 

सुदूरपश्चिम प्रदेश :

यो प्रदेशमा कूल ५३ जना प्रदेश सभा सदस्यको २ हजार ८०९ मतभार रहेको छ भने १७६ स्थानीय तहका जनप्रतिनिधिको ३ हजार ३३४ मतभार गरी ६ हजार १५३ मतभार रहेको छ । 

यो प्रदेशमा कांग्रेसको २ हजार ६४१ मतभार रहेको छ भने माओवादीको १ हजार ५८, एमालेको १ हजार ४८० मतभार रहेको छ । यस्तै नेकपा एसको ३०७, नागरिक उन्मुक्ति पार्टीको ५०४, राप्रपाको ५३ र स्वतन्त्रको ११० मतभार रहेको छ । 

Author
बि.एम.एन. न्यूज

BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप

slider

चीनको चमत्कार रोकिएको छैन

चीनको चमत्कार रोकिएको छैन। रोकिनेवाला पनि छैन। भयंकर भयंकर संरचना र प्रविधिको विकाससँगै विश्वलाई जादुयी प्रगति देखाइरहेकै छ। उच्च गुणस्तरको विकासको सोच। चीनलाई युरोपसँग जोड्ने परिकल्पना। डेढ लाख किलोमिटरभन्दा लामो रेलमार्ग सञ्जाल निर्माण। तीव्र गतिको रेल। समुद्रमा लामो पुल। विश्वकै अग्लो र लामो सिसानिर्मित पुल। किर्तम सुर्य, समुन्द्र माथी एयरपोर्ट, लामै छ चीनको चामत्कारिक विकासको सूची।चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण भएको दृष्य भाईरल भईरहेको छ , पूर्वी चीनको झेजियाङ प्रान्तको वुजेनमा सुरु भएको विश्व इन्टरनेट सम्मेलनमा रोबोट कुकुर, मानवरहित जहाज र सवारी साधनहरूले सहभागिहरुलाई आकर्षित गराएको छ ।जताततै पावरफुल सिसिटिभीबाट सर्भिलेन्स। रोबोटले चलाउने अटोमेटिक सवारी साधनको विकास। रोबोटको उपयोग। सेन्सरको प्रविधिको प्रयोग। अटोमेटिक कार्यस्थलहरू। इतिहास र संस्कृतिलाई प्रविधिसँग जोडेर जीवन्त बनाएको छ चीनले।उहिलेको सिल्क रोडदेखि अहिलेको बेल्ट एन्ड रोड इनिसिएटिभले विश्वलाई घेर्न सफल छ चीन। त्यसै सबभन्दा ठूलो निर्यातकर्ता भएको होइन चिन। गत वर्ष मात्र विश्वको कुल निर्यातमा ११।४ प्रतिशत हिस्सा चीनको छ। हाइटेक प्रविधि निर्यातको त बीस प्रतिशतभन्दा बढी चिनले नै ओगट्छ।यो रचक तथ्य हामीले प्रस्तुत गर्यों, जुन देश प्रविधि र सुचनामा अगाडी छ, त्यो देशका नागरिक देशहित काम गर्छन र सचेत हुँदारहेछन भन्ने तथ्य पनि हो यो ।

slider

कुमार रम्तेललाई पोखरा पठाइयो

काठमाडौ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका कुमार रम्तेललाई पोखरा फिर्ता गरिएको छ ।शनिबार काठमाडौ ल्याइएका रम्तेको बयान सकेर सोमबार साँझ पोखरा फिर्ता गरिएको हो । जिल्ला प्रहरी काठमाडौंका एक अधिकृतका अनुसार रम्तेललाई सोमबार साँझ प्लेनमार्फत पोखरा पठाइएको हो ।स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि कास्की कारागारमा रहेका रम्तेललाई झिकाएर प्रहरीले बयान लीएको हो ।रम्तेललाई पोखरा फिर्ता गरिएसँगै आजै कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याउन लागिएको छ । काठमाडौं परिसरका एक अधिकृतका अनुसार आज छविलाई ल्याएर बयान गराउने र छवीको बयान सकिएपछि मात्रै रास्वपा का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ ।यो सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

slider

दुर्गा प्रसाईं पक्राउ

काठमाडौ। दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको पुष्टि गरे ।सीआईबी प्रमुख दीपक थापाका अनुुसार पक्राउ गरेर व्युरोतर्फ लगेपस्चात थप अनुसन्धान गर्ने सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो सधैं निगरानी रहन्छ । त्यही क्रममा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिएका हौं उनले अनलाइनखबरसँग भने ।उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ ।

slider

पाकिस्तानमा वायु प्रदूषणको गम्भीर असर

काठमाडौ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ ।त्यस क्षेत्रमा केही स्थानमा वायुको गुणस्तर निकै खराब भइसकेको र केही क्षेत्रमा एअर क्वालिटी इन्डेक्स ९एक्यूआई० २००० भन्दा माथि पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । प्रदूषणको स्तर निरन्तर बढेपछि यसबाट बच्न र नियन्त्रण गर्न लाहोर र मुल्तानका क्षेत्रहरूमा केही दिनका लागि पूर्णरूपमा लकडाउन गरिएको छ ।त्यस अवधिमा एक्यूआईको अवस्था जाँच गरी आवश्यक परेमा लकडाउन थप लम्बिने जनाइएको छ ।छिमेकी राष्ट्र भारतमा पनि वायुको गुणस्तर खराब छ । त्यसैगरी भारतका मुख्य सहरहरू कोलकाता र मुम्बई पनि खराब वायुको शिकार भइरहेका छन् ।

slider

पाकिस्तानमा वायु प्रदूषणको गम्भीर असर

काठमाडौ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ ।त्यस क्षेत्रमा केही स्थानमा वायुको गुणस्तर निकै खराब भइसकेको र केही क्षेत्रमा एअर क्वालिटी इन्डेक्स ९एक्यूआई० २००० भन्दा माथि पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । प्रदूषणको स्तर निरन्तर बढेपछि यसबाट बच्न र नियन्त्रण गर्न लाहोर र मुल्तानका क्षेत्रहरूमा केही दिनका लागि पूर्णरूपमा लकडाउन गरिएको छ ।त्यस अवधिमा एक्यूआईको अवस्था जाँच गरी आवश्यक परेमा लकडाउन थप लम्बिने जनाइएको छ ।छिमेकी राष्ट्र भारतमा पनि वायुको गुणस्तर खराब छ । त्यसैगरी भारतका मुख्य सहरहरू कोलकाता र मुम्बई पनि खराब वायुको शिकार भइरहेका छन् ।

slider

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका–३ घर भई भक्तपुर बालकोट बस्ने २२ वर्षीया प्रितिका बाँस्तोला, चितवन भरतपुर महानगरपालिका–१० ज्ञानदर्शनटोल ठेगाना भएका ३६ वर्षीया शारदा सुवेदी र चितवन भरतपुर महानगरपालिका–४ त्रिचोक ठेगाना भएका २५ वर्षीय सुरज कँडेल रहेका छन् ।पक्राउ मध्ये प्रितिकाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, शारदाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र सुरजले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई ठगी गरेको प्रहरीले जनाएको छ ।पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

slider

आमीरको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अधिकार दाबी गर्दै आमीर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त मुद्दामा विपक्षी नेपाल क्रिकेट संघ (क्यान) सँग लिखित जवाफ माग गरेको छ ।जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट अख्तरले रिट दायर गर्दा एनपीएल आयोजना रोक्न अन्तरिम आदेश पनि माग गरेका थिए, तर सर्वोच्चले अन्तरिम आदेश भने दिएन । यो आदेशसँगै १६ मंसिरमा सुरु हुने एनपीएल सञ्चालनका लागि बाटो खुला भएको छ ।विगतमा आमीरले एनपीएलको नाममा प्रतियोगिता आयोजना गर्ने तयारी गरेका थिए । त्यसैले एनपीएल नाममा आफ्नो दाबी रहेको उनको जिकिर रहेको छ ।

slider

आमीरको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अधिकार दाबी गर्दै आमीर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त मुद्दामा विपक्षी नेपाल क्रिकेट संघ (क्यान) सँग लिखित जवाफ माग गरेको छ ।जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट अख्तरले रिट दायर गर्दा एनपीएल आयोजना रोक्न अन्तरिम आदेश पनि माग गरेका थिए, तर सर्वोच्चले अन्तरिम आदेश भने दिएन । यो आदेशसँगै १६ मंसिरमा सुरु हुने एनपीएल सञ्चालनका लागि बाटो खुला भएको छ ।विगतमा आमीरले एनपीएलको नाममा प्रतियोगिता आयोजना गर्ने तयारी गरेका थिए । त्यसैले एनपीएल नाममा आफ्नो दाबी रहेको उनको जिकिर रहेको छ ।

गोरखापत्र