सुनको मुल्य आज दुई हजार रुपैयाँले घट्यो

काठमाण्डौ  सुनको मुल्य आज दुई हजार रुपैयाँले घटेको छ । सुनकाे मुल्य दुई हजार रुपैयाँले घटेर ताेलाकाे एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मुल्य तोलाको एक लाख ८६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला केही दिनयता सुनको मुल्य लगातार घटिरहेको छ ।

त्यस्तै आज चाँदीको मुल्य भने बढेको छ । चाँदीको मुल्य १० रुपैयाँले बढेर ताेलाकाे एक हजार नौ सय ७० रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएको छ ।

प्रतिक्रिया