तिब्बतमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९५ पुग्यो, १३० जना घाइते

काठमाडौं । चीनको तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ भने १३० जना घाइते भएको जनाइएको छ। चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले ६.८ म्याग्निच्युडको भूकम्पबाट अहिलेसम्म ९५ जनाको ज्यान गएको उल्लेख गरेको छ ।

सीजीटीएनका अनुसार, एक हजारभन्दा धेरै घरमा क्षति पुगेको छ । अहिलेसम्म १३० जना घाइते भएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया