काठमाडौं । नेपाली मौलिकता, आफ्नै परम्परा र माटोको सुगन्ध बोकेको नयाँ कोैराह गीत “कालिगंगा (Kaliganga)” आज साँझ ठीक ४:३० बजे एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। गायिका Bimala Sunar को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतले दर्शक–श्रोताको मन छोएको छ।
वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठको प्रमुख आतिथ्य तथा वरिष्ठ लोक दोहोरी गायक माधव भण्डारीको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा रचनाकार सामाना शाह, रोज नेपाल मिडियाका अध्यक्ष राजकुमार हुमागाई ,माईन्ड प्लसका प्रवन्ध निर्देशक नवीन पल्लव,मिडियाकर्मी दुर्गा न्यौपाने लगायत मिडियाकर्मी ,कलाकार तथा सामाजिक अभियन्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
राजधानीस्थित Sinki Bhansa Ghar मा आयोजित कार्यक्रममा गीत सार्वजनिक हुँदा वातावरण नै सांगीतिक र भावनात्मक बनेको थियो। कार्यक्रम व्यवस्थापनमा Himal Lamsal को सक्रिय भूमिका देखिएको थियो।
“कालिगंगा” केवल गीत मात्र होइन, नेपाली समाजको मौलिक पहिचान, परम्परा र संस्कृतिको जीवन्त चित्रण हो। गीतकार तथा संगीतकार Bijendra Noubage ले शब्द र संगीतमार्फत गाउँघरको माया, माटोको गन्ध र संस्कृतिको मिठासलाई अत्यन्त मार्मिक रूपमा प्रस्तुत गरेका छन्।
गीतमा स्वर दिएका गायक Rupak Dotel र गायिका Bimala Sunar को सुमधुर आवाजले गीतलाई अझ गहिरो बनाएको छ। संगीत संयोजन Diwan Kinar ले गरेका हुन् भने रेकर्डिङ Dipak BC र मिक्सिङ Deeka Gurung द्वारा सम्पन्न गरिएको हो।
गीतमा बाँसुरीमा Ratna Flute, सारंगीमा Hemanta Kanchha Rasaily तथा रिदममा BK Dipak को सशक्त प्रस्तुति सुन्न पाइन्छ। सम्पूर्ण रेकर्डिङ Digital Kathmandu Studio मा गरिएको हो।
गीतको भिडियो पक्ष पनि उत्तिकै आकर्षक बनेको छ। कलाकारका रूपमा Bijendra Naubage र Asmita Ranpal को अभिनय देख्न सकिन्छ। निर्देशन Dipesh SK ले गरेका छन् भने छायांकन Keshav Adhikari, मेकअप Zyotee So Nam तथा भिडियो सम्पादन र कलरिङ Amrit Chapagain द्वारा गरिएको छ।
कार्यक्रममा गीतको अडियो तथा भिडियो निर्माणमा बिभिन्न बिधामा रहेर आफ्नो भुमिका निर्वाहा गर्ने कलाकार तथा प्राविधिकहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउन थालेको छ। धेरैले “कालिगंगा” लाई मौलिक गीतको पुनर्जागरणको संकेतका रूपमा लिएका छन्। आफ्नै माटो, संस्कृति र भावना बोकेको यो गीतले नेपाली संगीत क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।
https://youtu.be/JMY5p-KBVi0?t=476